पूर्वीचाैकी - ६ मा नेपाली कांग्रेसका माेहन थापा विजयी
डाेटी -डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीकाे वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका छन् ।थापा जम्मा खसेकाे ८३९ मत मध्ये ४६८ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार देव थापाले ३०१ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्का कुँवरले ३१ मत ल्याएकी छन् ।
जम्मा खसेकाे मतमा १३ मत बदर भएका छन् । २०७९ काे स्थानीय तहकाे निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार पुष्पराज जाेशीले जीत हात पारेका थिए । जाेशीकाे निधन पश्चात् यहाँ उपनिर्वाचन भएकाे हाे ।
डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना हुदै
डोटी :डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण
जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण
रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट
प्रतिकृया दिनुहोस