हाम्रो बारेमा

रेडियो डोटी ९८.५ मेगाहर्ज
      सिलगढी, डोटी  
      

हाम्रो बारे:-  नेपालमा पछिल्लो समयमा सञ्चारको बिकास दिनानु दिन बढी रहेको छ । यो क्रम सुदूरपश्मिमा पनि तिब्र रुपमा अगाढी बढीरहेको छ । भौगोलीक बिकटता, यातायातका साधनको पहुच नहुनु, बिद्युतको असुबिधा, जनचेतनामा कमी लगायतका आदी कारणले नागरीक सञ्चारका सम्पुर्ण माध्यमबाट सञ्चार सुबिधा पाइरहेका छैनन् । यस अबस्थामा पनी नागरीकले सर्बसुलभ रुपमा रेडियोको प्रयोग गरी सञ्चारको पहुचमा पुगेको पाइएको छ । भौगोलीक आधारमा रेडियो सबै भन्दा बढी प्रभाबकारी सञ्चार माध्यमको रुपमा स्थापित रेडियो प्रबिधी हो । मानिस काम गर्दागर्दै, बाटोमा हिड्दा हिड्दै, खेतवारीमा हलो जोत्दा जोद्दै पनि सरल तरीकाले रेडीयोको प्रयोग गरीरहेको पाइएको छ । यि काम गरीरहेको अबस्थामा अन्य सञ्चार माध्यमको पहुचमा पुग्न नसक्ने भएकाले पनि अहिले पहाडी भेगका नागरीकहरु रेडियोप्रेमी बनेका छन् । शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा रेडियोको माग बढी देखीएको छ । फलस्वरुप सुदूरपश्चिमको तत्कालीन क्षेत्रीय सदरमुकाम समेत रहेको डोटी जिल्लामा स्थापित फारवेष्ट मिडिया प्रा.ली. द्वारा संचालित रेडियो डोटी ९८.५ मेघाहर्ज एक सुदूरपश्चिमको शसक्त रेडियोको रुपमा २०७२ फाल्गुन २४ गतेबाट परिक्षण प्रशारणको यात्रा आरम्भ गरी २०७३ जेठ ९ गते बाट नियमित प्रशारण भैरहेको छ । सुदूर र मध्यपश्चिमलाई लक्षित गरी सुरु गरिएको यस रेडियोको प्रसारण सुदूरपश्चिम र कर्णाली प्रदेशका लाखौ लाख श्रोताहरु माँझ सुनाउन सफल भईरहेका छौं । सञ्चार विकासको संवाहक हो, सकारात्मक सोच लिएर अगाडी बढे हरेक समाजको सवाङ्गीण विकासलाई गति दिन सकिन्छ भन्ने मान्यताका साथ अगाडी बढेको रेडियो डोटी सुदूरका जनताका विचार यस क्षेत्रको कला संस्कृति, पर्यटकीय संम्भावनाहरुको खोजी तथा प्रचारप्रसारको माध्यम बनि रहेको छ । सुदूरको विकासलाई गति दिने तथा संबिधान प्रदत्त जनताको सू–सुचित हुने हकका पक्षमा सदा लडिरहने मिसनका साथ अगाडी बढिरहेको रेडियो डोटीको विकासका लागि यहाँको अमूल्य सहयोग, सल्लाह, सुझाव तथा सद्भावको आशा र अपेक्षा हामीले गरेका छौ ।

यस रेडियो स्थापना संचारकर्मीको प्रयासवाट भएको भएता पनि यसका वास्तविक मालिक भनेका सम्पूर्ण श्रोता, विज्ञापनदाता तथा शुभचिन्तकहरु नै हुन् । केन्द्रिकृत राज्य व्यवस्थाका कारण मोफसलमा पत्रकारिताको बर्तमान अवस्थामा सबैतिर अत्यन्त चुनौती रहेको अवस्थामा रेडियो डोटी संचालनमा पनि अत्यन्तै चुनौतीपूर्ण अबस्थाको सामना गर्नु परेको थियो । राज्यले मोफसलको पत्रकारिता बिकासमा आवश्यक नितिको अभाव, बिज्ञापनको साँधुरो क्षेत्र तथा आर्थिक सामाजिक रुपमा पिछडिएको क्षेत्र हाम्रा मुख्य चुनौती हुन तथापी जनताको सु–सुचित हुने अधिकार तथा यस क्षेत्रको समग्र बिकासमा योगदान पु¥याउनु, ग्रामिण क्षेत्रमा सुचनाको पहुँच पु¥याउन सचेत नागरिकको कर्तब्यको  रुपमा युवा वर्गको पहलमा रेडीयो स्थापना गरीएको हो । आगामी दिनमा यस रेडियोलाई यस देशको एक शसक्त संचार माध्यमका रुपमा विकाश गर्न  हाम्रो ध्यान जाने छ । रेडियो स्थापनासँगै हामीले सहकार्य र समन्वयलाई प्रगाड बनाउने उद्देश्यका साथ अहिले, कम्नीकेसन कर्नर, नेपालबाणी नेटवर्क, एन्टेना फाउन्डेसन, एनसेट, बिबिसि नेपाली सेवा, नेपाली रेडियो नेटवर्क जस्ता बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कम्पनीहरु र अन्य बिभिन्न सरकारी तथा गैरसरकारी सघं संस्थाहरु संग सहकार्य र समन्वय गरी रेडियो प्रशारणमा रहेको छ । सुदूरपश्चिम र मध्यपश्चिमका  बिभिन्न जिल्ला सम्म यस रेडियोको प्रभाव क्षेत्र रहेको सम्पुर्णमा जानकारी गराउन चाहान्छौ । सुदूरपश्चिमका डोटी, अछाम, बझाङ, बैतडी, बाजुरा, डडेल्धुरा, कैलालीका पहाडी क्षेत्रका केही भुभाग मध्यपश्चिममा दैलेख, कालिकोट र सुर्खेत जिल्लामा पनि सुन्निने गरेको पाइएको  छ । प्रबिधिको बिकाससँगै रेडियोलाई www.radiodoti.com.np र हाम्रो पात्रो बाट पनि संसारभर सुन्ने ब्यबस्था मिलाइएको छ । डोटी जिल्लावाट अत्याधुनिक उपकरण सहित डिजिटल प्रणालीको प्रयोग एवं ४ वटा एन्टेनाको जडान गरी एक सय बिस फिटको टावर जडान गरी सुदुर तथा मध्यपश्चिमका अनुमानित करिव (दश लाख) भन्दा वढी श्रोताहरु माँझ यस क्षेत्रका विकासका संम्भावना, कला, संस्कृतिको जगेर्ना तथा सिमान्तकृत वर्गलाई राज्यको मुलधारमा समाहित गर्न राज्यको ध्यान आर्कषण गराउने एक अभियानताको रुपमा रेडियोलाई स्थापित गर्ने प्रयास गरिरहेका छौं ।

सशक्त रेडियो प्रसारण सेवाका माध्यमले यस क्षेत्रको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका लागि सामाजिक सरोकारका विषयमा अग्रणी भुमिका निर्वाह गर्ने, सवै समुदाय र वर्ग हितका निम्ती अग्रसर रहने, सवै उमेर समुहको भावनाको कदर गर्दै अगाडी वढ्ने, हरेक एक घण्टामा देश विदेशका ताजा समाचारहरु प्रसारण गर्ने उद्देश्यका साथ रेडियोको प्रशारण यात्रा अगाढी बढीरहेको छ । सुदूरपश्चिम डोटेलीको उद्गम स्थल भएका कारण पनि हामीले डोटेली भाषा, साहित्य, कला र संस्कृतीलाई बिशेष स्थान दिइरहेका छौ । र अहीले रेडियो डोटी ९८.५ मेगाहर्जमा एक दर्जन बढी रेडियो कर्मीहरु कार्यरत छन् भने डोटीका अधिकासं स्थानीय तहमा संवाददाताहरु कार्यरत रहेका छन् । डोटेली पत्रकारिताको बिकासका लागी रेडियाले बिभिन्न समयमा पत्रकारीता पेशामा अबद्ध हुन चाहाने हरुका लागी  पत्रकारीता तालीमको आयोजना पनि गरीरहेको छ ।

प्रशाण क्षेत्र ः फारवेष्ट मिडिया प्राली डोटी द्धारा संचालित पश्चीम नेपालको आवाज रेडियो डोटी ९८.५ मेगाहर्जले मुख्य कार्यालय र प्रशारण केन्द्र डोटीको सिलगढीमा रहेको यस रेडियोको प्रशारण डोटी जिल्लाको ९८, कैलाली जिल्लाको १५ डडेलधुरा जिल्लाको २०, अछाम जिल्लाको ३०, बझाङ जिल्लाको १५ , बैतडि जिल्लाको १०, सुर्खेत जिल्लाको ५ प्रतिशत भु भागमा स्पस्ट सुन्न सकिन्छ । स्थापना संगै सबै जिल्लाको सर्बेक्षण  अनुसार यस रेडियोका १० लाख भन्दा धेरै श्रोता रहेको देखीएको छ ।

लक्ष्य : सभ्य समुन्नत, पारदर्शी, विभेदरहित, सुशासित, लोककल्याणकारी र सम्वृद्ध समाजको निर्माण गर्ने ।

उद्देश्य:  यस रेडियोको उद्देश्य देहाय वमोजिम हुनेछ ।

(क)   बिभिन्न किसीमका बार्षिक, अर्धबार्षिक, मासीक, पाक्षिक, साप्ताहीक, अर्धसाप्ताहीक तथा दैनिक पत्र पत्रिकाहरु प्रकाशन प्रसारण तथा संचालन गरि सेवा प्रवाह गर्ने ।

(ख)   बिभिन्न कार्यालय संघ संस्थाका बार्षिक, अर्धबार्षिक, मासीक, पाक्षिक, साप्ताहीक, अर्धसाप्ताहीक तथा दैनिक पत्र पत्रिका, स्मारीका प्रकाशनमा एजेण्डको रुपमा काम गर्ने ।

(ग)   नेपाल सरकारले अवलम्बन गरेको एवं गर्ने राष्ट्रिय प्रशारण एवं प्रकाशन निति नियम, कानुन अन्तरगत रही आधुनिक, नविनतम उपकरणको प्रयोग गरी टिभी केवल लाईन, टेलीभिजन, एनलग तथा डिजिटल रेडियो प्रशारण गर्ने गराउने ।

(घ)    बिभिन्न ईन्टरनेट कम्पनिहरु संग एजेण्टको रुपमा काम गर्ने ।

(ङ)   बिभिन्न स्वदेशी तथा बिदेशी संचार माध्यम, पत्रपत्रिका, रेडीयो नेपाल, एफएम रेडीयो, टेलीभिजन आदीसंग बिज्ञापन तथा समाचार एजेण्टको रुपमा काम  गर्नुका साथै बिज्ञापन सम्बन्धि बजार बिस्तार र अनुसन्धान गर्ने ।

(च)   बिभिन्न सञ्चार माध्यममा बिज्ञापन तथा समचार एजेण्ड भई कार्य गरेवाफत सञ्चार माधयमको प्रचलित नियमानुसार तोकियको कमिसन लिई कमीसन एजेण्ड भई काम गर्ने ।

(छ)   बिभिन्न सरकारी, गैर सरकारी तथा अर्ध सरकारी कार्यालय, कम्पनी, संघ संस्था तथा निजि क्षेत्र अन्तरगत सञ्चालीत परीयोजनाका बृत चित्र, लघु चलचित्र, भिडीयो तथा गित संगित, म्यूजिक भिडीयोको उत्पादन निमार्ण एडिटीङ, पब्लिसिङ्गका सबै कार्य गर्ने गराउने ।

(ज)   बिभिन्न धार्मीक तथा पर्यटकीय स्थलका बृत चित्र निर्माण तथा फोटा,पम्लेटहरु तयार गरी बिक्रिबितरण गर्ने ।

(झ)   बिभिन्न कार्यालय तथा संघ संस्थालाई आबश्यक पर्ने कार्यलयका सामाग्रीहरु सप्लायर्स सम्बन्धि कार्य गर्ने ।

(ञ)   स्कुल, कार्यालय तथा संघ संस्थाद्धारा टेण्डर स्वीकार गरी सो सम्बन्धि सामाग्रीहरु आपुर्ती गर्ने ।

(ट)   सरकारी, अर्धसरकारी, गैरसरकारी तथा अन्य निकायहरु संघ संस्थामा केवल लाईन, रेडीयो, पत्रपत्रिका, टेलीभिजन, ईन्टरनेट, इमेल विज्ञापन आदीको निमार्ण, प्रचार, प्रसार तथा बजार व्यवस्थापनका लागि आह्वान गरिएका बोलपत्र तथा टेन्डरहरुमा भाग लिने, टेन्डर हाल्ने तथा सो सम्बन्धी सम्पूर्ण कार्य गर्ने गराउने ।

(ठ)   रङगीन तथा सादा ब्यानर,होटीङबोर्ड,रङगीन परीचय पत्र,छाप,लेटरप्याड लगायत छपाई सम्बन्धि सम्पुर्ण कार्यहरु गर्ने ।

(ड)   बिभिन्न ठाउको यात्राको लागी गाडी तथा हवाई टीकटहरु बितरणको लागी बिभिन्न बस ब्यबसायि समिती तथा नेपाल बायुसेवा निगमका कम्पनिहरु संग एजेण्डको रुपमा काम गर्ने । 

(ढ)   छपाई (उचष्लतष्लन) तथा प्रकाशन (एगदष्अिबतष्यल) सम्बन्धी व्यवसाय संचालनार्थ आवश्यक उपकरण, अपसेट प्रेस, पाटपुर्जा, सफ्वेयर, मेसिन, उपकरण, कच्चापर्दाथ लगायतका आवश्यक सामानहरुको खरिद विक्रि तथा संचालन गर्ने गराउने ।

(ण)   बिभिन्न किसीमका प्राबिधिक तथा सिपमुलक तालीमहरु सञ्चालन गर्ने ।

(त)   मिडीया सम्बन्धी विभिन्न किसीमका अध्ययन अनुसन्धान गर्ने ।

(थ)   अनलाईन पत्रिकाहरु संचालन गर्ने ।

(द)   विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका तालिम, गोष्ठी, सेमिनार,तथा सार्वजनिक सुनुवाई, सामाजिक  परिक्षण गर्ने ।

(ध) बिभिन्न किसीमका मिडिया, सुचना प्रशारण सम्बन्धी विषयमा अध्ययन,अनुसन्धान छलफल, गोष्ठी परामर्श, अन्र्तरक्रिया, तालिम प्रशिक्षण सम्मेलन आदीको आयोजना गर्ने गराउने ।

(न)   विभिन्न किसीमका चाडपर्व तथा दिवसको अवसरमा मेला महोत्सव र अन्य कार्यक्रमहरुको आयोजना गर्ने गराउने ।

(प)   समग्र क्षेत्र (कृर्षि, बन, बातावरण, पर्यटन, कला, साहित्य संस्कृति, शिक्षा, स्वास्थ्य, संचार, यातायात, जलबाय परिवर्तन, भुगोल, विज्ञान प्राविधी, उर्जा,खेलकुद, रोजगार,ब्यापार व्यवसाय, उद्योग धन्दा कल कारखाना,उत्पीडन वर्ग दलित, जनजाति, महिला, पीछडीएका, अपाङ्ग, वालवालिका ) को विकासका लागि सम्बन्धीत क्षेत्रसंग समन्वय, सहकार्य र साझेदारीमा विभिन्न किसीमका प्रचार प्रसार सम्बन्धी कार्यक्रमहरु उत्पादन, प्रसारण तथा संचालन गर्ने ।

हाम्रो ठेगना :–

फारवेष्ट मिडीया प्रा.ली.

रेडियो डोटी ९८.५ मेगाहर्ज 

सिलगढी डोटी

फोन नम्बर :– ०९४—४२००९६÷४२००१२

मोवाइल नम्वर :– ९८४८४०८५१३÷९८६५९६००५०

ईमेल:–radiodoti98.5@gmail.com

वेब साइट: –:www.radiodoti.com.np