जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती

जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लाका एक सय ५४ जनाले ज्यान गुमाएका थिए । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको थालनी हुन सकेको छैन ।
पोहोरको हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन । भूकम्पसँगै अघिल्लो महिनाको बाढी/पहिरो र डुबानबाट विपद् पीडित थपिए ।
भूकम्पबाट मात्रै ७० हजारभन्दा धेरै घर पूर्ण तथा आशिंक क्षति भएका छन् । तर पुनर्निर्माणका लागि सरकारले चासो नदिएको पीडितको गुनासो छ । सरकारी ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था कष्टकर बनेको छ ।
एक वर्षभित्रै स्थायी संरचना बनाउने घोषणा गरेको सरकारले काम कहिले थाल्ने हो टुङ्गो छैन । तर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल तत्कालै शुरु हुने दाबी गर्नुहुन्छ । उहाँका अनुसार एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घर तथा संरचना र यसवर्षको बाढी र पहिरोले गरेको क्षतिको पुनर्निर्माण कार्य अब सँगसँगै अघि बढ्नेछ ।

बालअधिकार समिति संयोजक रोकायाद्धारा भत्ता बाफतको रकम विपन्न बिद्यार्थीलाइ सहयोग
डोटी : डोटीको आदर्श गाउपालीकामा बाल अधिकार समितिले एक दिनको पाइने भक्ता बाफतको रकम स्थानिय गणेश भ्टट लाइ सहयोग गरेको छ । आज बुधबार पालीकामा बाल

डोटीमा एक महिलाको शव फेला
डोटी : डोटीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको के.आई.सिंह गाउँपालिका–६ लामाडाडा स्थित जङ्गलमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको

सामुदायिक विकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
डोटी - सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा
प्रतिकृया दिनुहोस