आजदेखि नेपाल संवत् ११४५ शुरु

डोटी आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नुभएको थियो । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतकाे अवसरमा विशेष कार्यक्रम हुँदैछन् ।

गरीब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । 

प्रतिकृया दिनुहोस

जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती

जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बोगटानको गगुडाबाट  बस सेवा प्रारम्भ

कृष्ण चन्द डोटी - बोगटानको गगुडाबाट सोमबार देखी बस सेवा शुभारम्भ गरीएको छ । जिपहरुले त्यो क्षेत्रमा लामो समय देखी सेवा दीईरहेको भएपनि बस भने पहिलो

डडेल्धुरामा बस दुर्घटना चार जनाको मृत्यु, १२ घाइते

डडेल्धुरा - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको