आजदेखि नेपाल संवत् ११४५ शुरु

डोटी आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नुभएको थियो । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतकाे अवसरमा विशेष कार्यक्रम हुँदैछन् ।

गरीब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । 

प्रतिकृया दिनुहोस

बोगटानका स्थानिय अझै सोलार र टुकीको भरमा

डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक

बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना

डोटी  बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । बोगटान फुड्सिल गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा 

डोटीमा करिब साढे ११ हजार किशोरीलाई एचपिभी खोप लगाइने

 डोटी डोटीमा करिब साढे ११ हजार किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लाका करिब ११ हजार ४८७