जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती
जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लाका एक सय ५४ जनाले ज्यान गुमाएका थिए । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको थालनी हुन सकेको छैन ।
पोहोरको हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन । भूकम्पसँगै अघिल्लो महिनाको बाढी/पहिरो र डुबानबाट विपद् पीडित थपिए ।
भूकम्पबाट मात्रै ७० हजारभन्दा धेरै घर पूर्ण तथा आशिंक क्षति भएका छन् । तर पुनर्निर्माणका लागि सरकारले चासो नदिएको पीडितको गुनासो छ । सरकारी ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था कष्टकर बनेको छ ।
एक वर्षभित्रै स्थायी संरचना बनाउने घोषणा गरेको सरकारले काम कहिले थाल्ने हो टुङ्गो छैन । तर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल तत्कालै शुरु हुने दाबी गर्नुहुन्छ । उहाँका अनुसार एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घर तथा संरचना र यसवर्षको बाढी र पहिरोले गरेको क्षतिको पुनर्निर्माण कार्य अब सँगसँगै अघि बढ्नेछ ।
पूर्वीचाैकी - ६ मा नेपाली कांग्रेसका माेहन थापा विजयी
डाेटी -डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीकाे वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका
बोगटानको कानाचौरमा प्रहरी चौकी स्थापना गर्न माग
कृष्ण चन्द जिल्ला सदरमुकामबाट दुर्गममा रहेको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरमा प्रहरी चौकी स्थापनाका लागी माग गरिएको छ । चवराचौतारामा
आजदेखि नेपाल संवत् ११४५ शुरु
डोटी आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने
प्रतिकृया दिनुहोस