तिज पर्वका अवसरमा नि :शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सुजङ्ग अस्पताल

रश्मि कुंवर डोटी: डोटीको   राजपुरमा रहेको सुजङ्ग अस्पताल राजपुरले नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अस्पतालले यही भाद्र २८ र २९ गतेका दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।महिलाहरूको समस्यालाई मध्यनजर गर्दै तिज पर्वका अवसरमानिस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरले बताए।

अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरका अनुसार निस्शुल्क शिविरमा पाठेघर खसेका ,तल्लो पेट दुख्ने, सेतो गन आउने ,पानी बग्ने, पिसाब पोल्ने, ढाड दुख्ने, यौैनि चिलाउने ,पाठेघरमा घाउ भएका समस्या भएका महिलाहरूको  निस्शुल्क चेकजाँच गरिने भएको छ ।

पाठेघरको भिडियो एक्सरे,रगत तथा पिसाप जाँच पनि निस्शुल्क गरिने प्रशासन प्रमुख बलायरले बताएका छन् ।

प्रजनन स्वास्थ्यबारे कमै खुल्ने कारणले अहिले पनि ग्रामीण क्षेत्रमा पाठेघर सम्बन्धी समस्या विकराल अवस्था रहेको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बलायरले बताउनु भयो ।

महिला रोगको पाठेघरका समस्या बाहेक अन्य सेवा र अन्य बिरामीमा शुल्क लाग्ने बलायरले बताउन ुभयो ।निस्शुल्क स्वास्थ्य शिविरमा डाक्टर एमडी सुभाष थापा मगर र एमबिबिएस डाक्टर राजमनि यादव लगायतले उपचार गर्ने अस्पतालले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 

कृष्ण चन्द डोटी  : डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला  घोषणा भएको छ । दीपायल सिलगढी नगरपालीकाका

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

 डोटीको दिपायल सिलगढी नगरपालिकालाई पुर्ण खोप  सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति डोटीका उप प्रमुख स्मृति

डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै 

डोटी : डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ। दिपायल सिलगढी नगरपालिका वडा नं ६ ,  जिल्ला अस्पताल डोटी ,  माया मेट्रो अस्पताल र भैरव