डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 

कृष्ण चन्द डोटी  : डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला  घोषणा भएको छ । दीपायल सिलगढी नगरपालीकाका प्रमुख बाजी सिं खडका बिजयले सोमबार  निश्चित  इन्डिकेटरका आधारमा जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो ।

 जिल्लाका नौवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख रमेश मलासीले बताउनु भयो ।

प्रत्येक पालिकामा रहेका बालबालिकाहरुको खोजी गरी खोपको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पुर्याई उनीहरुले सबै खालका खोप पाएपछि जिल्लालाइ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला  घोषणा भएको नगरपालीकाका प्रमुख बाजी सिं खडका बिजयले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेशकै  पहिलो जिल्लाको रुपमा पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला  घोषणा भएकोमा आफू खुसी भएको बताउदै खोपमा दिगोपना भएन भने भविष्यमा महामारी पनि आउन सक्ने प्रमुख  जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयोे ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति उप ्प्रमुख स्मृति चुनाराले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

 तिज पर्वका अवसरमा नि :शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सुजङ्ग अस्पताल

रश्मि कुंवर डोटी: डोटीको   राजपुरमा रहेको सुजङ्ग अस्पताल राजपुरले नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। नेपाली नारीहरूको महान पर्व

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

 डोटीको दिपायल सिलगढी नगरपालिकालाई पुर्ण खोप  सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति डोटीका उप प्रमुख स्मृति

डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै 

डोटी : डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ। दिपायल सिलगढी नगरपालिका वडा नं ६ ,  जिल्ला अस्पताल डोटी ,  माया मेट्रो अस्पताल र भैरव