दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

 डोटीको दिपायल सिलगढी नगरपालिकालाई पुर्ण खोप  सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति डोटीका उप प्रमुख स्मृति चुनाराले आईतबार दिपायल सिलगढी  नगरपालिकालाई एक कार्यक्रमका बीच निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेकी हुन । दिपायल सिलगढी नगरपालिका  सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरि सकियको थियो ।
 
पालीकाका सम्पूर्ण बालबालिकाहरुले पूर्ण खोप लगाएको तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता  घोषणा गरिएको र डोटीमा हरेक बर्ष ४ हजार ५ सय देखि ५ हजार सम्म बालबालिका जन्मने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । 

दिपायल सिलगढी नगरपालिकामा ४२ जना कुनै पनी खोप नलगाएका बालबालिका भेटिकामा सबैलाई खोप लगाइ सकिएको  बताइएको छ ।नगर भित्रका बालबालिकालाई  १३ प्रकारका खोप लगाइएको थियो । 

पहिले पहिले खोप नआएका कारणले बालबालिकाहरुले अकालमै ज्यान गुमाउनु परेको र अब हरेक किसिमका खोपहरुले बालबालिकालाई विभिन्न रोगबाट आक्रमण हुन नदिन आउने दिनमा सबै बालबालिकालाई पुर्ण रुपमा खोप लगाउन जिल्ला समन्वय समिति डोटीका उप( प्रमुख स्मृति चुनाराले बताइन । 

भगवान् रुपि स्वास्थ्य कर्मिहरुको महत्त्वपूर्ण योगदानले आज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सफल भएको दिपायल सिलगढि नगरपालिकाका प्रमुख बाजि सिह खड्का (बिजयले) बताए । 

प्रतिकृया दिनुहोस

 तिज पर्वका अवसरमा नि :शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सुजङ्ग अस्पताल

रश्मि कुंवर डोटी: डोटीको   राजपुरमा रहेको सुजङ्ग अस्पताल राजपुरले नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। नेपाली नारीहरूको महान पर्व

डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 

कृष्ण चन्द डोटी  : डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला  घोषणा भएको छ । दीपायल सिलगढी नगरपालीकाका

डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै 

डोटी : डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ। दिपायल सिलगढी नगरपालिका वडा नं ६ ,  जिल्ला अस्पताल डोटी ,  माया मेट्रो अस्पताल र भैरव