डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै 

डोटी : डोटीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ।
दिपायल सिलगढी नगरपालिका वडा नं ६ ,  जिल्ला अस्पताल डोटी ,  माया मेट्रो अस्पताल र भैरव प्रसाद गणको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो।
जिल्ला अस्पताल प्राङ्गणमा यही वैशाख  १६ गते स्वास्थ्य शिविर हुने भएको छ।
शिविरमा विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूले सेवा दिने दिपायल सिलगढी नगरपालिका –६ का वडा अध्यक्ष नरेश मलासिले बताए  ।
जिल्लाका ग्रामीण भेगका जनता अझै पनि आर्थिक अभावका कारण रोग पालिरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त शिविरको आयोजना गर्न लागिएको वडा अध्यक्ष  मलासिले बताए ।
शिविरमा माया मेट्रो अस्पताल धनगढीका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा .पूजन पन्त,बाल रोग विशेषज्ञ डा .सुलोचना दाहाल,छाला तथा यौन रोग विशेषज्ञ डा. प्रियङ्का मैनाली , स्त्रीरोग विशेषज्ञ डा .रवीन्द्र देवकोटा ,दन्त रोग विशेषज्ञ डा. प्रेरणा शर्मा बाट सेवा प्रदान गरिने माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए ।
धेरै जसो विशेषज्ञ सेवा एकै थलोमा पाइने भएका कारण आर्थिकरुपमा विपन्न भएका जनतालाई थोरै भए पनि फाइदा पुग्ने बताए  ।
त्यस्तै शिविरमा जिल्ला अस्पताल डोटीका जनरल प्राक्टिस तथा मेडिसिन विशेषज्ञ डा. नीराजन श्रेष्ठ ,जनरल फिजिसियन तथा इन्टरनेट मेडिसिन विशेषज्ञ डा. जुनु लावती र बाल रोग विशेषज्ञ डा. ललित सुरीद्वारा सेवा प्रदान गरिने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा .नीराजन श्रेष्ठले जानकारी दिए ।
जिल्लामा अधिकांश जनता आर्थिक अभावमा स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेकाले शिविरले आर्थिक अभावमा रोग पालेर बसेका जनतालाई ठुलो राहत पुग्ने भैरव प्रसाद गणका  गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।
शिविरमा ल्याब र एक्स–रे सेवा पनि प्रदान गरिने भएको  छ।
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीहरूले सेवा लिएर फाइदा लिन सबैमा आयोजकले अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस

 तिज पर्वका अवसरमा नि :शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सुजङ्ग अस्पताल

रश्मि कुंवर डोटी: डोटीको   राजपुरमा रहेको सुजङ्ग अस्पताल राजपुरले नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। नेपाली नारीहरूको महान पर्व

डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 

कृष्ण चन्द डोटी  : डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला  घोषणा भएको छ । दीपायल सिलगढी नगरपालीकाका

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

 डोटीको दिपायल सिलगढी नगरपालिकालाई पुर्ण खोप  सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति डोटीका उप प्रमुख स्मृति