वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ  ग्रहण

धनगढी, ४ जेठ: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ  लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच प्रदेश सरकारले नयाँ मन्त्री पाएको हो । मन्त्री चौधरीले आफ्नो मातृभाषा थारुमा देश र जनाताको नाममा सपथ लिएका छन् ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रदेशसभा सदस्य चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सपथ पछि पत्रकार संग संक्षिप्त कुरा गदै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्वद्धनमा जोड दिन आफुले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले अहिले पनि सुदूरपश्चिम प्रदेशमा उद्योग धन्दाको अवस्था दयनिय रहेको हुदाँ त्यसमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

नाउपाको प्रदेश संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेको थियो । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दल र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन् । तर, संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । १६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए । 

प्रतिकृया दिनुहोस

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

काठमाडाैँ : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ । शुक्रबार

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु

जेठ २ :  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा