डोटीमा ३३ जना डेंगुका संक्रमित भेटिए

डोटी : डोटीमा जिल्लामा थप ३३ जना डेंगुका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लामा परीक्षण गर्दा २७ र जिल्ला बाहिर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो। भदौ १३ गते पहिलो व्यक्तिमा संक्रमित केस फेला परेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। त्यसयता क्रमशः जिल्लामा डेंगुका संक्रमित बढिरहेका छन्। दिपायल सिलगढी नगरपालिकामा सवैभन्दा बढी ११ जनामा डेंगुको संक्रमण देखिएको छ। यस्तै पूर्वीचौकी गाउँपालिकामा ७ जना, शिखर नगरपालिकामा ६, सायल गाउँपालिकामा २ जना र केआई सिंह गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए। डेंगुका संक्रमितमध्ये १२ जना पुरुष र १५ जना महिला हुन्।
 

प्रतिकृया दिनुहोस

 तिज पर्वका अवसरमा नि :शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सुजङ्ग अस्पताल

रश्मि कुंवर डोटी: डोटीको   राजपुरमा रहेको सुजङ्ग अस्पताल राजपुरले नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। नेपाली नारीहरूको महान पर्व

डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 

कृष्ण चन्द डोटी  : डोटी जिल्ला सुदुरपश्चिम् प्रदेशकै पहिलो पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला  घोषणा भएको छ । दीपायल सिलगढी नगरपालीकाका

दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

 डोटीको दिपायल सिलगढी नगरपालिकालाई पुर्ण खोप  सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति डोटीका उप प्रमुख स्मृति