शिखरका १६ जना बाख्रापालक किसानलाई खोर सुधारका लागी बिभिन सामाग्री हस्तान्तरण

डोटी शिखर नगरपालीकाका १६ जना बाख्रापालक किसानलाई खोर सुधारका लागी चाहिने बिभिन्न सामाग्री हस्तानतरण गरीएका छन । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले डोटी जिल्लाको शिखर नगरपालिका वडा न ४ र ५ का १६ जना बाख्रापालक किसानलाई खोर निर्माण तथा खोर सुधार गर्न जस्तापाता र किल्लाकाटा हस्तान्तरण गरेको छ ।
गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग र सामुदायक बिकास मन्च सिडिएफ नेपाल डोटीको साझेदारी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने शिखर नगरपालिका भित्रक वडा न ४ को मरकट्टे , शेलपुग्गा र बसाई अनि वडा न ५ को धामी गाउँ , ऐर गाउँ र लेक गाउँ मा बाख्रा पालन गर्दै आएका शिखर बाख्रापालक कृषक समुहमा आवद्द ३० जना मध्य १६ जना कृषकलाई १ लाख ६० हजार बरावरको रंगिन जस्तापाता र किल्लाकाटा हस्तान्तरण गरेको छ भन्ने अन्य १४ जना किसानलाई केही दिनमा खोर निर्माण गर्न आवश्यक पर्ने काठका लागि १ लाख ४० हजार बराबरको काठ उपलब्ध गराउने योजना रहेको एकीकृत सामुदायिक बिकास परियोजनामा कार्यरत कृषी प्राबिधिक निरज बोगटीले बताए
।साथै उनले यस बर्षबाट शिखर ४ र ५ मा यो परियोजना लागू भए पश्चात सुरुमा कृषहरुलाई बाख्राको आहार ब्य्वस्थापन तथा खोर सुधार सम्बन्धी तालिम प्रदान गरिएको छ त्यसपछाडी अहिले आएर खोर सुधार सामाग्री प्रदान गरिएको र केही दिनमै कृषकलाई बाख्राको लागि आवश्यक पर्ने डाले तथा भुइँ घासका बिरुवा प्रदान गरिनुका साथै पशु स्वास्थ्य शिविर आयोजना गरिने जानकारी गराउनु भयो ।
परियोजना बाट लाभान्वित कृषकहरुले परियोजना बाट उपलब्ध गरिएको जस्तापाता र किल्लाकाटाले आफ्नो खोर निर्माण गर्न लाग्ने खर्च थोरै भएपनी बचेको र आफुहरुलाई निकै राहत पुगेको र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफुहरुले बाख्राको संख्या बढाउनुका साथै खोरको क्षेत्रफल वृद्धि गर्दै लैजाने बताए

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना
रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका बिच

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
।डोटी - डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी

महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने, राज्यमन्त्री खड्का,
रश्मि कुवँर डोटी - महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले
प्रतिकृया दिनुहोस