डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका बिच अस्थायी प्रहरीचौकीको उद्धघाटन गरीएको छ । स्थापना गरिएको चौकीको पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्याय , डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, गाउँपालीकाका उपाध्यक्ष पशुपती खड्का ,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्मा, वडा अध्यक्ष प्रेम खड्का लगाएतका ब्यक्तीहरुले संयुक्त रुपमा उद्घाटन गरे। जिल्लाको पुर्बि भेगको शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले बताउनु भयो ।
पुर्बिचौकीमा अस्थायी प्रहरी चौकी स्थापना पश्चात नागरिकले शान्ति सुरक्षा र अमनचयन महसुस गर्ने पनि उहाँले बताउनु भयो । समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने कार्यक्रमका प्रमुख अतिथि तथा पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्यायको भनाई छ ।
भौगोलिकरूपमा विकट गाउँपालिकाको– ७ मा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट, बहुविवाह र चोरीका जस्ता अप्रीय घटनामा कमी आउनेमा उहाँले जोड दीनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले ‘स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर पुर्बिचौकीको वडा न ७ मा प्रहरी चौकी स्थापना गरेको बताउनु भयो । यसबाट सूचनाको पहुच र प्रहरीको उपस्थिति बलियो हुनेछ।
प्रहरी चौकीको स्थापनाले उक्त क्षेत्रमा भएका गतिविधि तथा घटना छिटो र सजिलो जानकारी हुने आशा गरिएको जोशीले बताउनु भयो । प्रहरी चौकी स्थापनाले महिला हिंसा घरेलु हिंसा जस्ता घटनामा कमी आउनेगाउँपालीकाका उपाध्यक्ष पशुपति खड्काले बताईन ।
वडा अध्यक्ष प्रेम खड्काले शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुने भन्दै प्रहरी चौकीको स्थापनाले स्थानिय खुसी भएको अध्यक्ष खड्काले बताउनु भयो । ‘तसर्थ समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण माध्यम हुने र यो प्रहरीचौकी स्थापनाका लागी अहवेरात्र खटीने सबैलाई वडा अध्यक्ष खड्काले धन्यबाद दिनुभयो । उक्त प्रहरीचौकी स्थापनाले डोटी संगै अछामका जनता लाभाम्बीत हुने अनुमान गरीएको छ ।

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित
धनगढी, २५ वैशाख : सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते
डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को
प्रतिकृया दिनुहोस