डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने,

डोटी -डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने भएका छन् । धनगढीमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले प्रभावितले चाँडै पहिलो किस्ता पाउने बताउनुभएको हो । उहाँले अर्को हप्ताबाट पहिलो किस्ता वितरण गर्न थाल्ने उल्लेख गर्नुभयो । भुसालले भन्नुभयो, “अब हामी अर्को हप्तादेखि डोटीका भूकम्प प्रभावितलाई आवास निर्माणका लागि पहिलो किस्ता दिन सुरु गर्छौं ।” 

पहिलो किस्ताबापत प्रभावितलाई ५० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । २०७९ कात्तिक २३ गते डोटीको पूर्वी चौकी गाउँपालिका–३ केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी छ जनाको मृत्यु भएको र आठ जना घाइते भएका प्राधिकरणको स्थिति अवलोकन रिपोर्टमा उल्लेख छ । भूकम्पको धक्काले डोटीसहित अछाम, बाजुरा, बझाङ, डडेलधुरालगायतका जिल्लामा क्षति भएको थियो । यसैगरी प्राधिकरणका कार्यकारी प्रमुख भुसालले प्राधिकरणले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सामुदायिक स्वयंसेवक उत्पादन गर्ने बताउनुभयो । त्यसका लागि एक महिनाभित्रै देशैभरि तालिम सञ्चालन गर्ने उहाँको भनाइ छ ।    

 

गोरखापत्रबाट साभार

प्रतिकृया दिनुहोस

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

।डोटी - डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी

महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने, राज्यमन्त्री खड्का,

रश्मि कुवँर डोटी - महिलाहरु अधिकारका लागि  आफै अग्रसर हुनुपर्ने  सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले

प्रधानमन्त्रीलाई डोटीबाट एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा

डोटी : डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्रीलाई एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा दिएका छन् । बानेडुङ्ग्रीसैनस्थित सेती नदिमा तीन बर्षमै निर्माण