महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने, राज्यमन्त्री खड्का,


रश्मि कुवँर डोटी - महिलाहरु अधिकारका लागि  आफै अग्रसर हुनुपर्ने  सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले बताउनु भयो । डोटीको आदर्श गाउँपालीकाले  शनिबार आयोजना गरेको  ११५ औं अन्तराष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्न डोटीको आदर्श पुग्नु भएका खड्काले यस्तो बताउनु भएको हो । महिलाका नाममा बिभिन्न कुराहरु गरेरे महिलाका भोट कलेक्सन गरेर महिलाका दुख सुखमा साथ नदीने जनप्रतिनिधिलाई समाजबाटै तिरस्कार गर्न सक्नुपर्ने बेला आएको उहाँले बताउनु भयो ।

महिलाहरुले आपना हक र अधिकारको माग  अघी सारेर महिलालले नै सङ्घर्ष शुरू गरेमा सफलता भेरै टाढा नरहेको उहाँको भनाई छ ।साथै  साथै  आदर्श का महिलाहरुको लागि  स्वास्थ  शिविर को आयोजना गर्ने महिला सशक्तीकरण को लागि भवन आवश्यक रहेकाले  भवन हाल्ने लगायतका  प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमलाई सम्बोधन  गर्दै आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले महिला अधिकार स्वतन्त्रताका लागि सवैले हातेमालो गर्नुपर्ने वताईन ,साथै आगामी कार्ययोजनामा समेत महिलाहरुको प्रवद्धनका लागि बिशेष प्रकारका कार्ययोजना निमार्ण गर्ने उनको भनाई छ ।    स्थानीय तह, प्रदेश र संघमा महिलाको नेतृत्व आवश्यक रहेको समन्वय प्रमुख स्मृती चुनाराले बताउनु भयो ।

सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मुलनाराका साथ जनचेतनामूलक कार्यक्रम गर्दै बिद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता, सडक नाटक,  देउडा प्रतियोगिता  आयोजना गरिएको थियो ।

दिवसको अवसरमा पालिकाद्वारा आयोजित ‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तिकरण’ बिषयक बिद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगितामा पालिकाभित्रका ६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

साथै उक्त कार्यक्रममा चर्चित देउडा गायक भुवन प्रसाद दाहाल र सौगात ओझाको पनि बेजोड प्रस्तुती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को