डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

डोटी डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घटनास्थलमै बलायरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । मृतक बलायर आइतबार बिहान घर लिपपोत गर्ने माटो खन्न रानीवनमा जानु भएको थियो ।

स्थानीयका अनुसार माटोको ढिस्कोले पुरिँएकी मृतक बलायरको ४ घण्टाको प्रयासपछि शव बाहिर निकालिएको थियो । डोटीमा माटोको ढिस्कोमा पुरिएर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन्।

गोरखापत्रबाट साभार

प्रतिकृया दिनुहोस

महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने, राज्यमन्त्री खड्का,

रश्मि कुवँर डोटी - महिलाहरु अधिकारका लागि  आफै अग्रसर हुनुपर्ने  सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले

डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने,

डोटी -डोटीका भूकम्प प्रभावितले पुनर्निर्माणका लागि पहिलो किस्ता चाँडै पाउने भएका छन् । धनगढीमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय विपत् जोखिम

प्रधानमन्त्रीलाई डोटीबाट एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा

डोटी : डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्रीलाई एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा दिएका छन् । बानेडुङ्ग्रीसैनस्थित सेती नदिमा तीन बर्षमै निर्माण