एमसिसी कार्यान्वयनको तयारी, नौ अर्ब लागत बढ्ने अनुमान

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता कम्प्याक्ट पूर्णरुपमा लागू हुने अवस्था इन्ट्रि इनटु फोर्स ईआइएफ०को चरणमा पुगेको छ।

आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले जनाएको छ।अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लाग्यो।

यसबीचमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी कम्प्याक्ट संसद्बाट अनुमोदन भइसकेको छ। ईआइएफअघि पूरा गर्नुपर्ने भनिएका छ वटा पूर्वसर्तमध्ये जग्गा प्राप्ति बाहेकका पाँचवटा शर्त पूरा भइसकेका छन्।तर यसबीच एमसीए नेपालअन्तर्गत हुने खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अंश भने बढेको छ।

सुरुआती सम्झौतामा एमसिसी परियोजनाका लागि कूल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो।

जसमध्ये ५० करोड अमेरिकी डलर एमसिसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ।

प्रतिकृया दिनुहोस

संगीत विद्यालय स्थापनाका लागी डोटी महोत्सवको आयोजना

कृष्ण चन्द  -डोटीमा संगीत विद्यालयको शिलान्यास गर्नका लागी डोटी  सांस्कृतीक तथा  पर्यटन महोत्सव आयोजना गरीएको छ । रेडीयो डोटीको नियमित स्तम्भ

थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

लेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५

रेडियो डोटीको ‘तिज विशेष हंगामा’ कार्यक्रममा प्रथम भइन सोनिया

भदौ १८ गते, डोटी । हिन्दुनारीहरुको महानचाँड हरीतालिका तिजको अवसरमा रेडियो डोटी एफएमले आयोजना अरेको ‘तिज विशेष हंगामा’ कार्यक्रका विजेतालाई