रेडियो डोटीको ‘तिज विशेष हंगामा’ कार्यक्रममा प्रथम भइन सोनिया

भदौ १८ गते, डोटी । हिन्दुनारीहरुको महानचाँड हरीतालिका तिजको अवसरमा रेडियो डोटी एफएमले आयोजना अरेको ‘तिज विशेष हंगामा’ कार्यक्रका विजेतालाई पुरुष्कार वितरण गरेको छ ।

एक महिना निरन्तर रुपमा सञ्चालन भएको कार्यक्रममा सहभागि भएर निरन्तर गित गाएर जिल्लाको वोगटान फुड्सिल गाउपालिका –७ चवराचौताकी सोनिया परीयार प्रथम भएकी छन् ।

त्यस्तै द्धितियमा शिखर नगरपालिका –१ कपल्लेकी दिपा नागरी भएकी छन् । तृतियमा शिखर नगरपालिका –९ कि टिकेश्वरी नौन्याल भएकि छन् ।

रेडियोले आज एक कार्यक्रमको आयोजना गर्दै प्रथम,द्धितिय र तृतियलाई क्रमस सुनको औठि,चाँदिको औंठि र कृष्टलकोमाला पुरुष्कार दिएको रेडियो डोटी एफएमकी समाचार शाखा प्रमुख रश्मि खडायत कुँवरले वताईन् ।

उनले भनिन्,‘ हिन्दुनारीहरुको महानचाँड हरितालिका तिजमा रेडियो कार्यक्रममा महिलाहरुलाई मात्र फोन मार्फत प्रतिभा सहित सहभागि गराएका थियौं ।

यसले गर्दा दुरदराज, गाउँ ठाउँमा लुकेर रहेका दिदि वहिनिहरुका प्रतिभा पनि प्रस्फोटन भएका छन् । यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानेछौँ ।’ रेडियो कार्यक्रममा सहभागि भएर प्रथम भएकि परियाले पुरुष्कार लिदै भनिन्,‘मेरो गित गाउने सानै देखिको इच्छा हो ।

गाउँमा होस् या विद्यालयका जुनसुकै कार्यक्रममा म सधै भाग लिई रहन्छु । आज भोलि म कार्यक्रममा नजाँदा सधै मेरो खोजि हुने गर्दछ । राम्रो कलाकार वन्ने मेरो इच्छा छ ।

सवैको सहयोगको अपेक्षा गरेकि छु ।’ कार्यक्रममा सहभागि भएर प्रथम भएकि छोरी सोनिया संगै आयाका उनका वुवा ईश्वर परियारले खुशि व्यक्त गरे ।

उनले भने,‘ म आज निक्कै खुशि छु । मेरो छोरीको प्रतिभालाई मुल्यांकन गरेर पुरुष्कार दिएकोमा । छोरीले डेउडा,आधुकि र लोकगित गाएर सवैको मन जित्न सफल भएकि छ ।

मेरो सपना राम्रो गायिका वनाउने छ । सवैको साथ सहयोगको अपेक्षा गरेको छु । ’तिज विषेश कार्यक्रम लाइ डोटी स्थीत विभिन्न सुनचादी पसलहरुले प्रायोजन गरेका थिए ।

प्रतिकृया दिनुहोस

संगीत विद्यालय स्थापनाका लागी डोटी महोत्सवको आयोजना

कृष्ण चन्द  -डोटीमा संगीत विद्यालयको शिलान्यास गर्नका लागी डोटी  सांस्कृतीक तथा  पर्यटन महोत्सव आयोजना गरीएको छ । रेडीयो डोटीको नियमित स्तम्भ

एमसिसी कार्यान्वयनको तयारी, नौ अर्ब लागत बढ्ने अनुमान

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता कम्प्याक्ट

थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

लेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५