संगीत विद्यालय स्थापनाका लागी डोटी महोत्सवको आयोजना

कृष्ण चन्द  -डोटीमा संगीत विद्यालयको शिलान्यास गर्नका लागी डोटी  सांस्कृतीक तथा  पर्यटन महोत्सव आयोजना गरीएको छ । रेडीयो डोटीको नियमित स्तम्भ नागरीक सवालमा कुराकानी गर्दै डोटी  सांस्कृतीक तथा  पर्यटन महोत्सव मुल आयोजक कमिटिका अध्यक्ष गोपाल सुचीकारले यस्तो बताएका हुन ।

 मुख्य लक्ष्य  डोटीमा संगित विद्यालय स्थापना गर्नु रहेको उनले  बताए ।  संघका अध्यक्ष सूचिकारले महोत्सबमा स्थानीय कला संस्कृति र पर्यटन क्षेत्रको विकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सबको आयोजना गरीएको बताए ।

उनले विगतमा अन्य संस्थाहरूले आयोजना गरेका महोत्सब भन्दा यो महोत्सब फरक हुने समेत दाबी गरे । महोत्सवमा स्थानीय कलाकारहरूलाइ बढीभन्दा बढी प्राथमिकता दीईने जानकारी  सूचिकारले दिए ।“हाम्रो कला र संस्कृती गौरवपुर्ण सान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको बिहिवार उद्घघाटन गरिएको छ ।

राष्ट्रिय संगीतकर्मी संघ, डोटीको आयोजनामा सुरु भएको महोत्सब फागुन २७ गतेसम्म चल्ने छ । महोत्सब अबधिभरी ५० लाखको कारोबार गर्ने र २० देखी ५० हजार दर्शकले अबलोकन गर्ने  आयोजकको दाबि  छ । महोत्सवमा आकर्षकको रुपमा सेती नदीमा र्‍याप्टिङ्ग, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको  बेजोड प्रस्तुती रहने छन ।

प्रतिकृया दिनुहोस

एमसिसी कार्यान्वयनको तयारी, नौ अर्ब लागत बढ्ने अनुमान

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता कम्प्याक्ट

थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

लेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५

रेडियो डोटीको ‘तिज विशेष हंगामा’ कार्यक्रममा प्रथम भइन सोनिया

भदौ १८ गते, डोटी । हिन्दुनारीहरुको महानचाँड हरीतालिका तिजको अवसरमा रेडियो डोटी एफएमले आयोजना अरेको ‘तिज विशेष हंगामा’ कार्यक्रका विजेतालाई