गरिबी निबारणका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

 कृष्ण चन्द डोटी - सीप सिकौं स्वरोजगार बनौं  भन्ने उदेश्यका साथ गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम  मेडपा  अन्र्तरगत  दीपाएल सीलगढी नगरपालिकाको आयोजनामा विभिन्न सीप विकास तालिमको समापन गरिएको छ ।

चालू आर्थिक वर्षमा नगरपालिका बाट सञ्चालन भएका सिपमुलक तालिमहरुको बुधबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।

साथै नगरपालिका भित्रका विभिन्न उद्यमी समुहरुले उद्पादन गरेका सामग्रीहरुको प्रचारप्रसार गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । नगरपालिकाको उद्यम विकास शाखा अन्तरगत नगरपालिकाका विभिन्न वडामा २०७५ साल देखि स्वरोजगारमुलक तालिम पर्दान हुँदै आएको उद्यम विकास शाखाका वरिष्ठ उद्यम विकास सहजकर्ता लाल बहादुर खड्काले बताए ।

कार्यक्रममा विभिन्न उद्यमी समुहका सदस्यहरुलाइ प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिका भित्रका विभिन्न उद्यमी समुहरुले उत्पादन गरेका वस्तुहरूको प्रचारप्रसार गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरी प्रदर्शनी गरिएको छ । रोजगारी सिर्जना गर्नुका साथै स्थानीय स्तरमै वस्तु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले दुना टपरी तालिम, सुइटर, गलबन्दी, टोपी लगायतका कपडा बुन्ने तालिम, कम्प्युटर तालिम र साबुन बनाउने तालिम सञ्चालन गरेको थियो ।

तालिमको समापन कार्यक्रममा वोल्दै नगर प्रमुख बाजी सिं खडका बिजयले सिप मुलक तालिम पश्च्यात आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरी आय आर्जनमा वृद्धी गर्न सम्पुर्ण तालिमका सहभागिहरुलाइ अनुरोध गर्नु भयो । नगरपालिकाको सहयोगमा थुप्रै सिप मुलक तालिम प्रदान गरिसकेको वताउदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैमा  नगरप्रमुख खडकाले आग्रह गर्नु भयो ।

महिलाहरुले अव घरको चुलो चौकोमा मात्र सिमित नरही व्यवसाय मुलक सिप सिकी आत्मनिर्भ हुन सवैलाई प्रोत्साहीत गर्नु पर्ने जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिहले बताउनु भयो । 

प्रतिकृया दिनुहोस

खप्तड लगायतका क्षेत्रको विकासका लागि ३ करोड बजेट विनियोजन

धनगढी: सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री

डोटीमा रोपाइँ सुरु

डोटीः डोटीमा रोपाइँ सुरु भएको छ। विगतका वर्षहरुको तुलनामा चाडो गरि रोपाइँ सुरु भएको हो।  डोटीको बडिकेदार गाउँपालिका, जोरायल, बोगटान, केआइसिंह

वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

काठमाडौँ — सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै