वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

काठमाडौँ — सरकारले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने बताएकी हुन् ।
हालसम्म सरकारले जग्गाको न्यूनतम मूल्यांकन गर्ने काम गरिरहेको थियो । सरकारले तोकेको जग्गाको न्यूनतम मूल्यांकनमा रही तोकिएको मूल्यभन्दा तल नगई खरिदकर्ता र बिक्रीकर्ता जग्गाको मूल्यांकन गरिरहेको छ ।
अब विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने समेत बताइन् । मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थाीनय तहबाटै अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उनले बताइन् ।

प्रतिकृया दिनुहोस

गरिबी निबारणका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

 कृष्ण चन्द डोटी - सीप सिकौं स्वरोजगार बनौं  भन्ने उदेश्यका साथ गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम  मेडपा  अन्र्तरगत  दीपाएल

खप्तड लगायतका क्षेत्रको विकासका लागि ३ करोड बजेट विनियोजन

धनगढी: सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री

डोटीमा रोपाइँ सुरु

डोटीः डोटीमा रोपाइँ सुरु भएको छ। विगतका वर्षहरुको तुलनामा चाडो गरि रोपाइँ सुरु भएको हो।  डोटीको बडिकेदार गाउँपालिका, जोरायल, बोगटान, केआइसिंह