रेडियो डोटीको ‘तिज विशेष हंगामा’ कार्यक्रममा प्रथम भइन सोनिया
भदौ १८ गते, डोटी । हिन्दुनारीहरुको महानचाँड हरीतालिका तिजको अवसरमा रेडियो डोटी एफएमले आयोजना अरेको ‘तिज विशेष हंगामा’ कार्यक्रका विजेतालाई पुरुष्कार वितरण गरेको छ ।
एक महिना निरन्तर रुपमा सञ्चालन भएको कार्यक्रममा सहभागि भएर निरन्तर गित गाएर जिल्लाको वोगटान फुड्सिल गाउपालिका –७ चवराचौताकी सोनिया परीयार प्रथम भएकी छन् ।
त्यस्तै द्धितियमा शिखर नगरपालिका –१ कपल्लेकी दिपा नागरी भएकी छन् । तृतियमा शिखर नगरपालिका –९ कि टिकेश्वरी नौन्याल भएकि छन् ।
रेडियोले आज एक कार्यक्रमको आयोजना गर्दै प्रथम,द्धितिय र तृतियलाई क्रमस सुनको औठि,चाँदिको औंठि र कृष्टलकोमाला पुरुष्कार दिएको रेडियो डोटी एफएमकी समाचार शाखा प्रमुख रश्मि खडायत कुँवरले वताईन् ।
उनले भनिन्,‘ हिन्दुनारीहरुको महानचाँड हरितालिका तिजमा रेडियो कार्यक्रममा महिलाहरुलाई मात्र फोन मार्फत प्रतिभा सहित सहभागि गराएका थियौं ।
यसले गर्दा दुरदराज, गाउँ ठाउँमा लुकेर रहेका दिदि वहिनिहरुका प्रतिभा पनि प्रस्फोटन भएका छन् । यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानेछौँ ।’ रेडियो कार्यक्रममा सहभागि भएर प्रथम भएकि परियाले पुरुष्कार लिदै भनिन्,‘मेरो गित गाउने सानै देखिको इच्छा हो ।
गाउँमा होस् या विद्यालयका जुनसुकै कार्यक्रममा म सधै भाग लिई रहन्छु । आज भोलि म कार्यक्रममा नजाँदा सधै मेरो खोजि हुने गर्दछ । राम्रो कलाकार वन्ने मेरो इच्छा छ ।
सवैको सहयोगको अपेक्षा गरेकि छु ।’ कार्यक्रममा सहभागि भएर प्रथम भएकि छोरी सोनिया संगै आयाका उनका वुवा ईश्वर परियारले खुशि व्यक्त गरे ।
उनले भने,‘ म आज निक्कै खुशि छु । मेरो छोरीको प्रतिभालाई मुल्यांकन गरेर पुरुष्कार दिएकोमा । छोरीले डेउडा,आधुकि र लोकगित गाएर सवैको मन जित्न सफल भएकि छ ।
मेरो सपना राम्रो गायिका वनाउने छ । सवैको साथ सहयोगको अपेक्षा गरेको छु । ’तिज विषेश कार्यक्रम लाइ डोटी स्थीत विभिन्न सुनचादी पसलहरुले प्रायोजन गरेका थिए ।
आमा आज मेरो जन्मदिन
गणेश साउँद : आमा आज मेरो जन्मदिन । यो संसार देखेको दिन । यो संसारमा पाइला टेकेको दिन आज । अलि न्यास्रो लाग्दै छ आमा खै किन हो थाहा छैन म जन्मेदेखि आफ्नो
मदन पुरस्कारले जिम्मेवारीको भारी बोकाएको छ : नवराज लम्साल
डोटी : मदन पुरस्कारको घोषणाले आफूलाई जिम्मेवारीको भारी बोकाएको महसुश भएको लेखक एवं पत्रकार नवराज लम्सालले बताएका छन्। शनिबार बसेको मदन पुरस्कार
उपन्यासकार फुलाराको ‘वासुदा’ सार्वजनिक
काठमाडौं – युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ । साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी
प्रतिकृया दिनुहोस