मदन पुरस्कारले जिम्मेवारीको भारी बोकाएको छ : नवराज लम्साल

डोटी : मदन पुरस्कारको घोषणाले आफूलाई जिम्मेवारीको भारी बोकाएको महसुश भएको लेखक एवं पत्रकार नवराज लम्सालले बताएका छन्। शनिबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले अग्नि महाकाव्यका लागि लम्साललाई २०७८ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै, २०७८ सालको जगदम्बा(श्री सम्मानबाट साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई सम्मानित गरिने भएको छ। मदन पुरस्कारको घोषणापछि हिमालखबरसँग संक्षिप्त कुराकानी गर्दै लेखक लम्सालले मदन पुरस्कार गुठीको निर्णयले खुशी भएको बताए। “यो उच्चकोटीको पुरस्कार हो। यो पुरस्कार पाउँदा खुशी त हुने नै भएँ,” लम्सालले भने, “मदन पुरस्कारले जिम्मेवारीको भारी पनि बोकाएको छ।” २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको हो। योसँगै श्रेष्ठ पुस्तकको सूचीमा दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए। आफ्नो पुस्तक प्रकाशन हुँदा यति ठूलो पुरस्कार पाउँला भन्ने नसोचेको लम्सालको भनाइ छ। तर, पछिल्लो समय अग्निले देशका विभिन्न क्षेत्रबाट तीन वटा पुरस्कार प्राप्त गरेकाले मदन पुरस्कारका लागि पनि अलिकति आशावादी बनाएको उनले बताए।
 

प्रतिकृया दिनुहोस

रेडियो डोटीको ‘तिज विशेष हंगामा’ कार्यक्रममा प्रथम भइन सोनिया

भदौ १८ गते, डोटी । हिन्दुनारीहरुको महानचाँड हरीतालिका तिजको अवसरमा रेडियो डोटी एफएमले आयोजना अरेको ‘तिज विशेष हंगामा’ कार्यक्रका विजेतालाई

उपन्यासकार फुलाराको ‘वासुदा’ सार्वजनिक

काठमाडौं –  युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ । साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी

नरेन्द्र देवकोटा “प्रशान्त” का मन छुने कवीता, मेरो प्यारो झोला

मेरो प्यारो झोला यो मेरो प्यारो झोला काँध कतै छोड्दैन जता जता जान्छु म साथ कतै छोड्दैन्। चाहिने कागज बोकिदिन्छ जाडो गर्मि भन्दैन ओखती होस् या