पत्रकार महासङ्घ डोटीशाखाद्धारा विरोध सभाको आयोजना

डोटी-नेपाल पत्रकार महासङ्घ डोटीशाखाले विरोध सभाको आयोजना गरेको छ । पत्रकार महासङ्घको शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो ।
काठमान्डौमा एभिन्युज टेलीभिजनका पत्रकार सुरेश रजकको हत्या एवम विभिन्न संचार माध्यममाथि भएको अन्न्यायका बिरुद्ध नेपाल पत्रकार महासङ्घ डोटीशाखाले जिल्ला प्रसासन कार्यालय अगाडी विरोध सभाको आयोजना गरेको नेपाल पत्रकार महासङ्घ डोटीशाखाका अध्यक्ष प्रकास बमले बताउनु भयो ।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघ डोटीशाखाले सदरमुकाम सिलगढीमा विरोध प्रदर्शन गरेको छ ।
बदलिएको परिस्थितिका कारण डोटीशाखाले स्थापना दिवसका अवसरमा पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको अध्यक्ष बमले बताउनु भयो । दोषीलाई कडाभन्दा कडा कार्वाही र परिवारलाई उचीत क्षतीपुर्ति तत्काल उपलब्ध गराउन पनि डोटीशाखाले आग्रह गरेको छ ।
महासङ्घले हरेक बर्ष चैत १६ गते स्थापना दिवस मनाउँदै आएको थियो । पत्रकार महासङ्घले देशभरी यसअघि तय गरिएका कार्यक्रम रद्द गरेर विरोध सभा आयोजना गरिएको छ । पत्रकारको हत्या तथा सञ्चारमाध्यममा गरिएको आगजनी तथा तोडफोडको विरुद्ध विरोध गर्दै सभाको आयोजना गरिएको हो।

राज्यले सम्बोधन नगरेको द्वन्द्वपीडितको गुनासो
जेठ ११, रश्मि कुंवर डोटी : तत्कालीन सरकार र विद्रोही पक्षबीच भएको द्वन्द्वमा प्रभावित बनेका पीडितले आफूलाई राज्यले सम्बोधन नगरेको गुनासो गरेका

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
धनगढी, ४ जेठ र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच
प्रतिकृया दिनुहोस