उपन्यासकार फुलाराको ‘वासुदा’ सार्वजनिक

काठमाडौं –  युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ । साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी कालदेखि नै कलम चलाउँदै आएका फुलाराको उपन्यासलाई राजधानीमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार डा।

नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले सार्वजनिक गरे । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले एक संघर्षशील युवाको जीवनकथामा आधारित उपन्यास पढ्दा मुल पात्र वासुदामा एकैपटक देखिएका चुनौतीको सामना गर्ने साहस प्रशंसनीय पाएको बताए ।

उपन्यासकार फुलाराले कृतिमा वासुदाको जीवन संघर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्य आममानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउने बताए । उपन्यास फुलारा लिटरेचर फाउन्डेसन नेपालले प्रकाशन गरेको हो ।

फुलाराका यसअघि ‘टुहुरो कुण्डली ९उपन्यास०’, ‘नफापेको मान्छे ९उपन्यास०’, ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ प्रकाशित भइसकेका छन् । गीतकारसमेत रहेका फुलाराका आधा दर्जन गीतह बजारमा आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

आमा आज मेरो जन्मदिन

गणेश साउँद : आमा आज मेरो जन्मदिन । यो संसार देखेको दिन । यो संसारमा पाइला टेकेको दिन आज । अलि न्यास्रो लाग्दै छ आमा खै किन हो थाहा छैन म जन्मेदेखि आफ्नो

रेडियो डोटीको ‘तिज विशेष हंगामा’ कार्यक्रममा प्रथम भइन सोनिया

भदौ १८ गते, डोटी । हिन्दुनारीहरुको महानचाँड हरीतालिका तिजको अवसरमा रेडियो डोटी एफएमले आयोजना अरेको ‘तिज विशेष हंगामा’ कार्यक्रका विजेतालाई

मदन पुरस्कारले जिम्मेवारीको भारी बोकाएको छ : नवराज लम्साल

डोटी : मदन पुरस्कारको घोषणाले आफूलाई जिम्मेवारीको भारी बोकाएको महसुश भएको लेखक एवं पत्रकार नवराज लम्सालले बताएका छन्। शनिबार बसेको मदन पुरस्कार