पत्रकार हत्या र आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन

चैत १७, डोटी :नेपाल पत्रकार महासंघ डोटी शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा जिल्ला प्रशासन कार्यालय डोटीमार्फत ज्ञापनपत्र बुझाएको छ।
गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या भएको घटनाप्रति महासंघले कडा आपत्ति जनाउँदै न्यायको माग गरेको छ। महासंघका डोटी अध्यक्ष प्रकाश बमले जिल्ला प्रशासन कार्यालयका डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटी तथा पत्रकार सहित विभिन्न पत्रकार सङ्गठनहरूको सहभागिता रहेको थियो। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हमला सह्य नहुने बताउँदै पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले पत्र केन्द्र सरकारलाई पठाउने बताउँदै डोटीमा प्रेस मैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
धनगढी, ४ जेठ र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु
जेठ २ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल
प्रतिकृया दिनुहोस