चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते

 

जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।  जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम  सिंह साउदकी श्रीमती वर्ष ४० कि देउमती साउदको मृत्यु भएको हो ।

उनलाई  उपचारका लागि जिल्ला अस्पताल,डोटीमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको छ ।उनको पेट र अनुहारमा गम्भीर चोट लागेको थियो ।

त्यस्तै बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमि ३६ वर्षकी अस्मिता ओली विष्ट  चट्याङ लागेर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । उनको दायाँ पाखुरामा चोट लागेको भए पनि अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस

सेती नदीमा बगेर बालक बेपत्ता

  डोटी — डोटीमा सेती नदीमा बगेर  एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर  दिपायल

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच