डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते

 डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हावाहुरी, असिना पानीसँगै परेको चट्याङ लागेर गए राति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती अन्दाजी ३३ बर्सिया कमला नागरीको मृत्यु भएको हो ।

घाइतेहुनेहरुमा लहरी नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविशेक, ६ वर्षका छोरा अवि, ३ महिने छोरा शङ्कर नागरी रहेका छन् । त्यस्तै सोही ठाउँकी ४० बर्सिया तारा नागरी, ८० बर्सिया काली दमाई र भीम नागरीकी ६ बर्सिया छोरी खुसी नागरी पनि घाइते भएको प्रहरी उपशिक्षक शर्माले बताए ।

घाइतेहरूमा दुई जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

वैशाख ३ गते ।  सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारले निर्णय

सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने

 नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर

घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

डोटी -डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल विजयी भएको छ । विजयी हुने अनेरास्ववियुका