शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

वैशाख ३ गते । सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारले निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको तर्फबाट उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा त्यसका लागि वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्न संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको भन्दै यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिले विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आआफ्नो कार्य थलोमा फर्किन अनुरोध गर्ने निर्णय गरेको छ ।
गोरखापत्रबाट

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
धनगढी, ४ जेठ र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु
जेठ २ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल
प्रतिकृया दिनुहोस