घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

डोटी -डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल विजयी भएको छ ।
विजयी हुने अनेरास्ववियुका उम्मेदवार क्रमशः अध्यक्ष सुरत बोहराले ६९, सचीव दीपक साउदले ६५ र कोषाध्यक्ष कलावती बोहराले ६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै विजयी हुने अनेरास्ववियुका सदस्यहरु शर्मिला बि.क. ६६, रेखा शाहु ६५, धना कुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेविसंघका तर्फबाट निकटतम प्रतिद्वन्द्वी उम्मेदवारहरु अध्यक्ष मोहन सिं पालीले ३४, सचीव कर्णदेव बोहराले ३८ र कोषाध्यक्ष लक्ष्मी मडैले ३३ मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यमा नेविसंघका तर्फबाट उम्मेदवारहरु गीता कुमारी मल्लले ३४, दीक्षा नाम्जालीमगरले ३६, सीता कुमारी अवस्थीले ३४ र रुपक बोहराले ३६ मत प्राप्त गरेका छन् ।
कुल ११४ जना मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो ।
समानुपातिक तर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको र नेपाल विद्यार्थी संघले ३६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक बासुदेव जोशीले जानकारी दिए ।
नजर अनलाईनबाट साभार

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
धनगढी, ४ जेठ र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु
जेठ २ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल
प्रतिकृया दिनुहोस