डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हावाहुरी, असिना पानीसँगै परेको चट्याङ लागेर गए राति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती अन्दाजी ३३ बर्सिया कमला नागरीको मृत्यु भएको हो ।
घाइतेहुनेहरुमा लहरी नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविशेक, ६ वर्षका छोरा अवि, ३ महिने छोरा शङ्कर नागरी रहेका छन् । त्यस्तै सोही ठाउँकी ४० बर्सिया तारा नागरी, ८० बर्सिया काली दमाई र भीम नागरीकी ६ बर्सिया छोरी खुसी नागरी पनि घाइते भएको प्रहरी उपशिक्षक शर्माले बताए ।
घाइतेहरूमा दुई जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
धनगढी, ४ जेठ र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु
जेठ २ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल
प्रतिकृया दिनुहोस