बोगटानको गगुडाबाट बस सेवा प्रारम्भ

कृष्ण चन्द डोटी - बोगटानको गगुडाबाट सोमबार देखी बस सेवा शुभारम्भ गरीएको छ । जिपहरुले त्यो क्षेत्रमा लामो समय देखी सेवा दीईरहेको भएपनि बस भने पहिलो चोटी गगुडा पुगेको हो । सोमबार पालीकाको–वडा न ६ गगुडाबाट शैलेश्वरी यातायातको बसले गगुडा देखि सिधै धनगढीसम्म सेवा दिने भएको छ ।
आज बिहान ७ः०० बजेबाट बस सेवा शुभारम्भ भएको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका वडा अध्यक्ष श्याम बोगटीले बताएका छन । पहिलो चोटी बस गगुडा पुगेपछी वडा अध्यक्ष बोगटीले शैलेश्वरी यातायात प्रालिका पदाधिकारीहरुलाई गगुडामा स्वागत गर्नु भएको थियो ।
सु , प्र ०१०००६ को ३४९० नम्बरको बस आज बिहान ७ बजे गगुडा बाट धनगढी जाने यात्रु लगेर यात्रा प्रारम्भ गरीएको शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेम रावलले बताउनुभयो । गाउँमा पहिलो चोटी बस पुगेपछी स्थानीय खुसी भएका छन । अब त्यो क्षेत्रमा उत्पादीत बस्तुहरुले सहजै बजार पाउने पनि आसा गरीएको छ ।

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

सेती नदीमा बगेर बालक बेपत्ता
डोटी — डोटीमा सेती नदीमा बगेर एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर दिपायल

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना
रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस