डोटीमा माटो खन्ने क्रममा च्यापिएर थप एक महिलाको मृत्यु,
डोटी : माटो खन्ने क्रममा च्यापिएर डोटीमा आज आइतबार थप एक महिलाको मृत्यु, भएको छ । शनिवारको भएको घटना सेलाउन नपाउँदै माटो खन्ने क्रममा आईतवार थप एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार आज दिउँसो साँढे २ बजेतिर माटो खन्ने क्रममा पुरिएर आदर्श गाउँपालिका–२ कुचेडाकी ६० वर्षीय भागादेवी ओझाको मृत्यु भएको हो ।
माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिदा ओझाको मृत्यु भएको हो । उहाँसँगै माटोमा पुरिनुभएकी ५० वर्षीया पार्वती खड्काको भने उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिनुभयो । अहिले उहाँको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
डस्टबिनका रुपमा डोका वितरण
रश्मि कुंवर डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ मा फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ। ‘युएम एन डोटी’ र ग्रामीण
जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती
जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
आजदेखि नेपाल संवत् ११४५ शुरु
डोटी आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने
प्रतिकृया दिनुहोस