खप्तडमा विद्युत् नहुँदा समस्या

डोटी -खप्तड राष्ट्रिय निकुञ्जमा अहिलेसम्म विद्युत् विस्तार हुन सकेको छैन । अहिले सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यान केन्द्रित भएको छ । बाजुरासहित डोटी, अछाम र बझाङ जिल्लाको सिमानासँग जोडिएको खप्तड राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्न पहल थालिएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
उहाँका अनुसार निकुञ्ज कार्यालय र नेपाली सेनाको समरजित गुल्म खप्तड ब्यारेक बाजुराबाट विद्युतीकरणका लागि आवश्यक पहल गरिदिन हुन भनेर अनुरोध आएको हुँदा जडान गरिदिन प्रशासन कार्यालयमार्फत नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रदेशलाई समेत पत्र पठाएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाध्याले भन्नुभयो, “सर्वसुलभ सेवा प्रवाहका लागि सो क्षेत्रमा विद्युत् जडान गरेर सञ्चालन गर्न अति आवश्यक देखिएकाले विद्युत् जडान गर्न आवश्यक व्यवस्था गरिदिन प्राधिकरणलाई आग्रह गरिएको छ ।”
खप्तड राष्ट्रिय निकुञ्जमा बाह्रै महिना मौसम प्रतिकूल हुन्छ । यहाँ खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय बाजुरा र नेपाली सेनाको समरजित गुल्म खप्तड ब्यारेक छन् । विद्युत् नहुँदा दैनिक कामकाज गर्न समस्या हुने गरेको समरजित गुल्मका गुल्मपति रामकुमार थापाले बताउनुभयो ।
हिउँ र तुसारोका कारण सोलारले काम नगर्ने भएका कारण ठुलो चुनौती भोग्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले बिजुली नभएका कारण सञ्चारबाट समेत टाढा हुनु परेको र हिउँपर्नेबित्तिकै सोलारले काम नगर्ने र फोन टावरसमेतले काम नगर्ने भएका कारण थप समस्या हुने गरेको बताउनुभयो ।
गोरखापत्रबाट सभार

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
वैशाख ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय
वैशाख ३ गते । सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारले निर्णय
प्रतिकृया दिनुहोस