डस्टबिनका रुपमा डोका वितरण
रश्मि कुंवर डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ मा फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ।
‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत बोगटान फुड्सिल १ नं वडा सितको समन्वयमा ,सिमचौर स्वास्थ्य चौकि, सिमचौर मा बि,मस्टामान्डौ आ बि ,सेउडेखेत सामुदायिक स्वास्थ्य ईकाई,कर्कटेश्वर मा बि , नमुना आ बि र १ नं वडा सिमचौर लाई बासको डष्टबिन रुपमा डोको वितरण गरिएको हो।
स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रूपमा प्रयोग गर्दा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले बताए।
उनले भने, ‘डस्टबिनका रूपमा डोकोको प्रयोग गर्दा स्थानीयस्तरमा निर्माण गरिएका कच्चापर्दाथको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रूपमा प्रयोगमा ल्याउन सक्ने बताएका छन्।’
यो भन्दा अगाडी पनी छिडीखान क्षेत्रका व्यापारीलाई फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको थियो।
डोटीमा एक महिलाको शव फेला
डोटी : डोटीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको के.आई.सिंह गाउँपालिका–६ लामाडाडा स्थित जङ्गलमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको
सामुदायिक विकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
डोटी - सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा
जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती
जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिकृया दिनुहोस