पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्ने कार्यक्रम रहेको छ ।

यो खोप १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्न आग्रह गरेको छ ।

अहिले यो खोपको मात्रा सीमित भएकाले यो उमेर समूहका झण्डै ९ हजार जना किशोरीले मात्र खोप पाउने छन् ।  खोप वितरणका लागि सात प्रदेशका सात वटा अस्पताल तोकिएका छन् । बाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा आजदेखि ३० गतेसम्म खोप लगाइने छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ । कोशीको कोशी अस्पतालमा भने भोलिदेखि ३० गतेसम्म र मधेसको नारायणी अस्पतालमा पर्सि २९ गतेदेखि ३१ गतेसम्म लगाइने छ ।

प्रतिकृया दिनुहोस

डोटीमा जारी स्थायी बन्ध्याकरण शिविरको दोस्रो १० जनाले सेवा लिए

 कृष्ण चन्द -डोटीमा परिवार नियोजन सम्बन्धी स्थायी बन्ध्याकरण शिविरको दोस्रो दिन सोमबार दुर्गामान्डौ स्वास्थ्य चौकिमा १०  जनाले सेवा लीएका छन  ।

कक्षा १२ को नतिजा सार्वजनिक,

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो

कक्षा १२ को नतिजा सार्वजनिक,

 कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो