डोटीमा जारी स्थायी बन्ध्याकरण शिविरको दोस्रो १० जनाले सेवा लिए


 कृष्ण चन्द -डोटीमा परिवार नियोजन सम्बन्धी स्थायी बन्ध्याकरण शिविरको दोस्रो दिन सोमबार दुर्गामान्डौ स्वास्थ्य चौकिमा १०  जनाले सेवा लीएका छन  ।  सन्तानको रहर पुगीसकेका ३ पुरुश र ७ महिलागरी १० जनाले सेवा लीएको स्वास्थ्य कार्यालय डोटी प्रमुख रमेश मलासीले जानकारी दिए ।

 

नेपाल परिवार नियोजन सङ्घ कैलाली र स्वास्थ्य कार्यालय डोटीको संयुक्त आयोजनामा आइतबार बाट शिविर सुरु भएको हो । महिलाका लागि मिनील्याप र पुुरुषहरुका लागि भ्यासेक्टोमी सेवासहितको स्थायी बन्ध्याकरण शिविरमा सोमबार दुर्गामान्डौ स्वास्थ्य चौकिमा १० जनाले सेवा लीएको स्वास्थ्य कार्यालय डोटी प्रमुख  मलासीले जानकारी दिए ।

आइतबार चवराचौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको प्रमुख मलासीले बताए । प्रमुख मलासीका अनुसार ७ गते आज दुर्गामान्डौ स्वास्थ्य चौकी वायलमा शिबिर सम्पन्न भएको छ भने, ८ गते आदर्श गाउँपालिकाको स्याउले र ९ गते जिल्ला अस्पताल डोटीमा बन्ध्याकरण शिविर सञ्चालन हुने छ । स्वास्थ्य कार्यालय डोटीले सन्तानको रहर पुगीसकेका दम्पतीहरुका लागी हरेक बर्ष स्थायी बन्ध्याकरण शिविरको आयोजना गर्ने गरेको छ ।
 

प्रतिकृया दिनुहोस

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले

कक्षा १२ को नतिजा सार्वजनिक,

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो

कक्षा १२ को नतिजा सार्वजनिक,

 कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो