नेपाल र म्यानमारको दोस्रो मैत्रीपूर्ण खेल आज

विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यांगुनमा रहेको नेपाली टोलीले थुवुना रंगशालामा दिउँसो सवा ४ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको हो। यही रंगशालामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो। 

पाहुना टोली नेपाल लगातार दबाबमा रहे पनि रक्षात्मक खेल्दा पराजयबाट जोगिएको थियो। फुटबलको विश्व वरियतामा म्यानमार नेपालभन्दा १५ स्थान माथि छ। 

उसले सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई ३–० गोलले पराजित गरेको थियो। फिफा वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा छ भने नेपाल १ सय ७५औं स्थानमा छ। 

आगामी अक्टोबरमा होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओसविरुद्ध खेल्नेछ। म्यानमारले मकाउलाई प्रतिस्पर्धी पाएको छ।

प्रतिकृया दिनुहोस

फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै

काठमाडौं : नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ। समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल

डेब्यू खेलमा नेपाल ए पराजित

६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

भारत एक खेल अगावै एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।​मंगलबार राति  कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो