दिपायल सिलगढी नगरपालिका–२ चौथो बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले आज एक समारोहकाबीच आज (मंगलबार) चौथो बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणापूर्ब वडामा विभिन्न किसिमका अभियान सञ्चालन गरिएका थिए।
बालश्रम मुक्त वडा घोषणा गर्दै दिपायल सीलगढी नगरपालीकाका प्रमुख बाजी सिँ खडकाले बालबालिकालाई श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय र सामाजिक निन्दनीय भएको बताए । नगरपालिकाभित्र अझै पनि बाल श्रमिकहरु रहेको हुन सक्ने बताउदै खडकाले प्रभावकारी अनुगमन हुनुपर्ने बताए
उनले बालश्रम मुक्त बनाउने अभियान प्राथमिकताका साथ अघि बढाइएको बताएका छन । बालश्रम मुक्त गर्ने अभियानमा सहयोग गर्ने सबैलाई वडा न २ वडा अध्यक्ष राजेन्द्र खडकाले धन्यवाद दिएका छन । बालश्रम निवारण राष्ट्रिय रणनीतिले तोकेका सूचकहरु पूरा भएपछि वडालाई बालश्रम मुक्त घोषणा गरिएको अध्यक्ष खडकाले जानकारी दिए ।
नेपालको कानुन अनुसार १८ वर्ष मुनीकालाई बालबालिका जनाइए पनि १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाईने कानुनी ब्यबस्था रहेको छ ।
साथै उक्त कार्यक्रममा वडा भित्र रहेका कर्मचारी, शिक्षक, शिक्षीका, जनप्रतिनिधि, स्वास्थ्यका कर्मचारी, लगाएतको म्यादी बिमा गरीएको फाईल हस्तान्तरण गरीएको छ । आज भन्दा केहि समय पहिला उनिहरुको म्यादी बिमा गरीएको थियो ।

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

सेती नदीमा बगेर बालक बेपत्ता
डोटी — डोटीमा सेती नदीमा बगेर एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर दिपायल

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना
रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका बिच
प्रतिकृया दिनुहोस