सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता
सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष ३८/४० को नर बहादुर तामाङ रहेका छन्।
शिखर नगरपालिका वडा नं ८ लुवाखडी स्थित सेती नदीमा नुहाउने क्रममा सोमबार दिउँसो करिब २ बजेतिर डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जनाएका छन् ।धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १५३४ नं. को अल्टो कार लुवाखडी स्थित सडकमा रोकी सेती नदिको किनारमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।अहिले नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
डोटीमा एक महिलाको शव फेला
डोटी : डोटीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको के.आई.सिंह गाउँपालिका–६ लामाडाडा स्थित जङ्गलमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको
सामुदायिक विकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
डोटी - सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा
डस्टबिनका रुपमा डोका वितरण
रश्मि कुंवर डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ मा फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ। ‘युएम एन डोटी’ र ग्रामीण
प्रतिकृया दिनुहोस