श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

भारत एक खेल अगावै एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।​मंगलबार राति  कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा आयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो। ​ श्रीलंकाका लागि दुनिथ वेलालागेले ४२, धनञ्जय डी सिल्भाले ४१, चरिथ असलंकाले २२, सदीरा समाराविक्रममा र कुशल मेन्डिसलेसमान १७–१७ रन बनाए

श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४, रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २–२ विकेट तथा मोहम्मद सिराज र हार्दिक पाण्ड्यले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४९ ओभर १ बलमा आलआउट हुँदै २ सय १३ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किशनले ३३, अक्सर पटेलले २६ र सुभमन गिलले १९ रन बनाए। बलिङतर्फ श्रीलंकाका दुनिथ वेलालागेले ५, चरिथ असलंकाले ४ र महिस तिक्षणाले १ विकेट लिए।

प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले ४ अंक जोडेको छ। समान खेलबाट २ अंक जोडेको श्रीलंका अंक तालिकाको दोस्रो स्थानमा छ।

प्रतिकृया दिनुहोस

फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै

काठमाडौं : नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ। समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल

डेब्यू खेलमा नेपाल ए पराजित

६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित

नेपाल र म्यानमारको दोस्रो मैत्रीपूर्ण खेल आज

विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यांगुनमा रहेको नेपाली टोलीले थुवुना