डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ

डोटी = सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर २ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन् ।

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती कोटकेना खोलामा रहेको पानी घट्ट भित्र मृत फेला परेकी थिइन् । उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकोमा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्ट भित्र मृत फेला परेकी थिइन् ।

मृतककी भाइ बुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यमुनाले ढुङ्गा, काठको आँडो, हँसिया र बन्चरो टाउँकोमा प्रहार गरी दुर्गाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता

मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता

सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता

सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३  बस्ने अन्दाजी

दिपायल सिलगढी नगरपालिका–२ चौथो बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी   डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि