अष्ट्रेलियामा १४ वर्षको उमेरमा 'इच्छा मृत्यु' रोज्न पाइने

 अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले 'ब्रेन डेड' भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून पास भएमा यो इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।

यस कानूनका सम्बन्धमा राज्यका मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् । उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताए ।

शैनका अनुसार उनको कानूनमा सार्वजनिक समर्थन रहेको छ ।सामुदायिक परामर्शमा तीन हजारभन्दा बढीको सहभागिता रहेको र ५ सय जनाले लिखित राय दिएको उनले बताइन् । ८० प्रतिशतले इच्छा मृत्युलाई समर्थन गरेका छन् ।

प्रतिकृया दिनुहोस

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

 पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

काठमाडौँ : इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका छन् । हिजोदेखि बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीहरूले उद्धारको

मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा निसासिएर मृत्यु

डोटी : मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका