पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

 पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ ।

 यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर २२ मिनेट जाँदा देशको उत्तरी भागमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ४०.२ किलोमिटर तल रहेको थियो ।देशका अन्य क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । पूर्वी सेपिक प्रान्तसहित अम्बुन्ती र वेवाकमा समेत धक्का महसुस भएको थियो ।

प्रतिकृया दिनुहोस

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

काठमाडौँ : इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका छन् । हिजोदेखि बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीहरूले उद्धारको

अष्ट्रेलियामा १४ वर्षको उमेरमा 'इच्छा मृत्यु' रोज्न पाइने

 अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले 'ब्रेन डेड' भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून पास भएमा

मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा निसासिएर मृत्यु

डोटी : मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका