डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

।डोटी - डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।
माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घटनास्थलमै बलायरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । मृतक बलायर आइतबार बिहान घर लिपपोत गर्ने माटो खन्न रानीवनमा जानु भएको थियो ।
स्थानीयका अनुसार माटोको ढिस्कोले पुरिँएकी मृतक बलायरको ४ घण्टाको प्रयासपछि शव बाहिर निकालिएको थियो । डोटीमा माटोको ढिस्कोमा पुरिएर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन्।
गोरखापत्रबाट साभार

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित
धनगढी, २५ वैशाख : सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते
डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को
प्रतिकृया दिनुहोस