डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।
मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएका नेगीलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
साथै जिपमा सवार चालकसहित अन्य ६ जना घाइते भएका छन्। घाइतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। डोटीको जोरायल गाउँपालिका-२ मेल खोला स्थित भिमदत्त राजमार्गमा धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ज ०५६७ नम्बरको ईभि हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्न गई गएराति ११ः३० बजे दुर्घटना भएको थियो।

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित
धनगढी, २५ वैशाख : सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
वैशाख ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार
प्रतिकृया दिनुहोस