डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ गोल्डेनमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङ बुङ्गल नगरपालिका २ दहबगर बस्ने अं. ३२/३३ वर्षको अर्जुन धामी र अन्य दुई जनाको नाम थर पहिचान हुन नसकेको बताए ।
मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
धनगढी, ४ जेठ र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु
जेठ २ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल
प्रतिकृया दिनुहोस