महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने, राज्यमन्त्री खड्का,

रश्मि कुवँर डोटी - महिलाहरु अधिकारका लागि आफै अग्रसर हुनुपर्ने सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले बताउनु भयो । डोटीको आदर्श गाउँपालीकाले शनिबार आयोजना गरेको ११५ औं अन्तराष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्न डोटीको आदर्श पुग्नु भएका खड्काले यस्तो बताउनु भएको हो । महिलाका नाममा बिभिन्न कुराहरु गरेरे महिलाका भोट कलेक्सन गरेर महिलाका दुख सुखमा साथ नदीने जनप्रतिनिधिलाई समाजबाटै तिरस्कार गर्न सक्नुपर्ने बेला आएको उहाँले बताउनु भयो ।
महिलाहरुले आपना हक र अधिकारको माग अघी सारेर महिलालले नै सङ्घर्ष शुरू गरेमा सफलता भेरै टाढा नरहेको उहाँको भनाई छ ।साथै साथै आदर्श का महिलाहरुको लागि स्वास्थ शिविर को आयोजना गर्ने महिला सशक्तीकरण को लागि भवन आवश्यक रहेकाले भवन हाल्ने लगायतका प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले महिला अधिकार स्वतन्त्रताका लागि सवैले हातेमालो गर्नुपर्ने वताईन ,साथै आगामी कार्ययोजनामा समेत महिलाहरुको प्रवद्धनका लागि बिशेष प्रकारका कार्ययोजना निमार्ण गर्ने उनको भनाई छ । स्थानीय तह, प्रदेश र संघमा महिलाको नेतृत्व आवश्यक रहेको समन्वय प्रमुख स्मृती चुनाराले बताउनु भयो ।
सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मुलनाराका साथ जनचेतनामूलक कार्यक्रम गर्दै बिद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता, सडक नाटक, देउडा प्रतियोगिता आयोजना गरिएको थियो ।
दिवसको अवसरमा पालिकाद्वारा आयोजित ‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तिकरण’ बिषयक बिद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगितामा पालिकाभित्रका ६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
साथै उक्त कार्यक्रममा चर्चित देउडा गायक भुवन प्रसाद दाहाल र सौगात ओझाको पनि बेजोड प्रस्तुती रहेको थियो ।

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित
धनगढी, २५ वैशाख : सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते
डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को
प्रतिकृया दिनुहोस