बोगटानका स्थानिय अझै सोलार र टुकीको भरमा

डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक जीवनशैलीको अनुभव गर्न सक्ने अवस्था अझै बनेको छैन।

डोटी जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाबाट बोगटान राष्ट्रिय प्रसारणमा जोड्ने टेन्डर भयता पनि ठेका भगको लामो समय सम्म कामले गति लिन सकिरहेको छैन।

स्थानीयवासी पदम विश्वकर्माले लामो समयदेखि विद्युत् सुविधा माग गर्दै आए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नाभएको बताए। सोलारको सीमित उज्यालो र परम्परागत टुकीको भरमा दैनिक जीवन चलाउनु पर्ने बाध्यता रहेको उनले बताएका छन्। ‘विद्युत् सेवा नहुँदा हामीलाई राति बालबालिकाको अध्ययन, कामकाज, र दैनिक जीवनयापनमा धेरै समस्या भइरहेको छ,’ स्थानीय बासिन्दा प्रेम भुलले भने।

डोटी जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दिपायल शाखाबाट बोगटान राष्ट्रिय प्रसारणमा जोड्ने टेन्डर भयता पनि ठेका भगको लामो समय सम्म कामले गति लिन सकिरहेको छैन।

पालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत् पावरहाउस भए पनि सबै वडामा विद्युत् विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताएका छन। यसका साथै राष्ट्रिय प्रसारणलाईन जोड्नका लागी ठाउँ–ठाउँमा पोलहरू र खाल्डलहरू खनिरहको र सामानहरू धुवानि गरिरहेको बताएका छन्।

बोगटान फुड्सिल–१ सिमचौरका अध्यक्ष खेम घर्तीमगरले टेन्डर भएको दुई वर्ष वितिसक्दा पनि पोलहरू अलपत्र फालिएका र ठेक्का लिएकाले पनि छोडेर गईसकेको उनले बताएका छन्।

यस समस्यालाई समाधान गर्न सम्बन्धित निकायले चाँडो पहल गरि बोगटान क्षेत्रका नागरिकलाई विद्युत् सेवाको पहुँचमा पु¥याउनुपर्ने स्थानीयहरूको माग गरिरहेका छन्।

दिनेशखबरबाट

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को